गोठाटारमा गोली लागेर एक जनाको मृत्यु

0

काठमाडौंः काठमाडौंको गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ अज्ञात समूहले गोली हानेको थियो ।

उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको प्रहरीले जनाएको छ । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले जानकारी दिए ।

गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि नाकाहरुमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.