आज संविधान दिवस

0

काठमाडौं : आज संविधान दिवस । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा कार्यक्रम आयोजना गरेका छन् । 

६८१ को कैद कट्टा

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २१ जनाले सजाय माफी पाएका छन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । 

संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्व लगायतको जरिवाना मिनाहा भएको छ ।

संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सजाय माफी पाउनेमा २१ जना छन् ।

Leave A Reply

Your email address will not be published.