एनआरएनको बेल्जियमको बार्षिक साधारण सभा सम्पन्न,

0

सनत आचार्य, बेल्जियम,

गैरआवासीय नेपाली संघ बेल्जियमको १७ औं बार्षिक साधारण सभा बुधबार ब्रुजमा सम्पन्न भएको छ ।

बेनेलुक्स लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारी र गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा पानसमा दीप प्रज्वलित गरी समुद्घाटन गर्नु भएको बार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि राजभण्डारीले नेपाल सरकार र दुतावासको प्रवासी नेपालीहरुमा देश प्रति अगाध माया ममता भएको बुझेको भन्दै अव प्रवासी नेपालीहरुले नेपालमा पूंजी, प्रबधि र सीपको लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।
राजदुत भण्डारीले आफुले नेपाली र यहाँको स्थानीय समुदायसंग जोडेर लग्ने प्रयास गरिरहेको बताउँदै बेल्जियमका नेपाली व्यवसायिहरुले नेपाली चीया र कफिको प्रवर्धनमा लाग्न सुझाब दिनु भयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले एनआरएन एक लाख भन्दा बढि सदस्यहरु भएको संसार कै सबै भन्दा ठुलो संस्था भएको जानकारी दिनै यस्तो संस्था नेपालीहरुको साझा सवाललाई उजागर गर्न र प्रवासी नेपालीहरुको मुद्धामा सधै साथ रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अध्यक्ष आचार्यले अहिले संसारभरी नै प्रवासी पहिलो पुस्ताका प्रवासी नेपालीहरु राजनीतिमा क्रमश: सक्रिय हुँदै आएकोमा अव दोश्रो पुस्तालाई पनि क्रियाशील बनाउन आवश्यक रहेको बताउनु भयो ।
विशिष्ठ अतिथि आचार्यले नागरिकताका बिषयमा बोल्दै संविधानले राजनैतिक अधिकार बाहेकका सामाजिक, साँस्कृतिक अधिकार गैरआवासीय नागरिकताको प्रावधान भएको उल्लेख गर्दै आफुहरु प्रवासी नेपालीहरुले यस्तो अधिकार प्राप्त गर्न लागि परेको र यसका लागि नेपालमा सबैसंग लविङ गरेको बताउनु भयो । उहाँले संसारभरीका गैरआवासीय नेपालीहरुले नेपाली नागरिकता कहिले पाउने भन्ने प्रश्न पनि गर्नु भयो ।
आचार्यले नेपालमा लगानी भित्त्राउन र नेपाल प्रतिको जिम्मेवारी बढाउन प्रवासी नेपालीहरुलाई नागरिकता आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको सम्बृद्धिका लागि प्रवासीहरुलाई नागरिकता आवश्यक रहेको पनि बताउनु भयो ।

त्यस्तै कार्यक्रममा अतिथि गैरआवासीय नेपाली संघका केन्द्रीय सचिब गंगाधर गौतम्ले नेपालमा हुने हरेक घटनाहरुमा प्रवासी नेपालीहरुले सहयोग गर्ने गरेको स्मरण गर्दै जुटेर गए अझ बढि उपलब्धी हासिल हुने बताउनु भयो ।

संघका केन्द्रीय युरोप संयोजक सन्तोष भट्टराईले यसै महिनाको अन्तमा स्पेनमा हुने १४ औं क्षेत्रीय भेलाको बारेमा जानकारी दिदै भेलामा प्राप्त सुझाबले संघलाई ठोस निर्णय लिने जानकारी गराउनु भयो ।
संयोजक भट्टराईले गैरआवासीय नेपाली संघ दोश्रो सन्ततीका लागि समेत आवश्यकता रहेको बताउँदै दोश्रो पुस्तालाई कसरी समेट्न सकिन्छ भन्नेमा गंभीर भएर सोच्न आवश्यक रहेको बताउनु भयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका संस्थापक अध्यक्ष रबीन्द्रमान श्रेष्ठले आफु कमजोर भए पछि अरुले लाभ उठाउँने प्रसंग उल्लेख गर्दै अहिले एनआरएनएमा त्यस्तै अवस्था आएकोले यसप्रति गंभीर भएर सोच्न आग्रह गर्नु भयो , श्रेष्ठले एनआरएन अभियान कमजोर भएमा नेपालीहरु कमजोर हुने चिन्ता व्यक्त गर्नु भयो ।

गैरआवासीय नेपाली संघका पूर्व महिला संयोजक रजनी प्रधान एनआरएन बेल्जियमले गरेको कामको प्रसंशा गर्दै यो अभियानलाई निरन्तता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी दिनहरुमा अझ बढि सक्रिय भएर लाग्न अनुरोध गर्नु भयो ।

प्रवासी नेपाली मञ्चकी अध्यक्ष चन्द्रकुमारी गुरुङले गैरआवासीय नेपाली संघ भित्र देखा परेको बिबाद कसैको लागि पनि सुखद नभएकोले भन्दै यसलाई समय मै निराकरण गर्न केन्द्रले पहल गर्नु पर्ने बताउनु भयो ।
एनआरएनए थुप्रै सवालहरुमा चुकेको बताउँदै एनआरएनले तत्कालै प्रवासमा रहेका नेपालीहरुको पक्षमा बोल्न आग्रह गर्नु भयो ।

जन प्रगतिशील मञ्चका अध्यक्ष प्रकाश पौड्ेलले दोहोरो नागरिकताको सवाललाई कडा रुपले उठाउन आग्रह गर्नु भयो । उहाँले बेल्जियममा नेपालीहरुको घरमा चोरीका घटना प्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि बेल्जियम सरकारसंग समन्वय गरेर छिटै अगाडी बढ्न एनआरएनलाई अनुरोध गर्नु भयो ।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम् शर्माले बेल्जियममा बस्ने नेपालीहरुका लागी यो संस्था र कार्यक्रम एउटा अवसर भएको बताउँदै हाम्रा कमी कमजोरीलाई औत्याउने र सच्याउने मौका भएकोले यस तर्फ सोच्न आग्रह गर्नु भयो ।
अध्यक्ष शर्माले एनआरएन अभियानलाई सबै प्रवासीहरुले स्वीकार गर्नु पर्ने बताउँदै विगतमा एनआरएनकै कारण प्रवासमा रहेका नेपालीहरुलाई गर्व गर्न लायक बनाएको स्मरण गर्दै हामी आफुभित्र पनि कमजोरी रहेको हुनाले सुधार गर्न सक्यो भने अझ बढि लाभ हुनसक्ने र यो संस्थाको विकल्प नभएको बताउनु भयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले आफ्नो यो कार्य समितिले अरु संघसंस्थाहरुसंग हातेमालो गरेर सामाजिक सद्भावलाई प्रवर्धन गर्नमा जोड दिएको बताउँदै आफुहरुले नेपाली कला संस्कृति जोगाउन सक्रियता पूर्वक लागेके बताउनु भयो ।
अध्यक्ष केसीले बेल्जियमको इतिहासमा आफुहरुले जानकारीमूलक पुस्तकको रुपमा स्मारिका प्रकाशन गर्न सफल भएको बताउँदै आफुहरुले एनआरएन बेल्जियम भित्र सुशासन, आर्थिक तथा प्रशसनिक पारदर्शिता, विधिको शासन जस्ता बिषयलाई प्राथमिकता साथ राखेको जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाली व्यवासायी संघ बेल्जियमका अध्यक्ष यमु निरौला, जनसम्पर्क समितिका अध्यक्ष पूर्ण तिमिल्सिना, नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका उपाध्यक्ष मुनाराई, एना बेल्जियमका अध्यक्ष बलराम पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सभाको बन्द सत्रमा संघका महासचिब रमेश कँडेलले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संघका आन्तरिक असहयोगका कारण संघले चाहेजति उपलव्धी हासिल गर्न नसकेको बताउँदै आगामी दिनहरुमा संघमा सबैको सहयोग प्राप्त भए अनपेक्षित रुपले सफलता प्राप्त गर्न सक्ने बताउनु भयो ।
त्यस्तै सभामा आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संघका कोषाध्यक्ष लोकेन्द्र नेपालले आफुले फजुल खर्च नियन्त्रण, आर्थिक पारदर्शीता र सशासन लगायतका क्षेत्रमा बिशेष ध्यान दिएको बताउनु भयो ।
कोषाध्यक्ष नेपालले संघमा सबै सदस्यहरुको सक्रिय सहभागिता भए संघलाई अनपेक्षित रुपले सफलता हासिल गर्न सक्ने बताउनु भयो ।
उहाँले संघको दिगो आर्थिक व्यवस्थाका लागि नियमित कार्यक्रमहरु आयोजना गर्न पनि सुझाव दिनु भयो ।
कार्यक्रममा इश्वरा शर्माले महिला विभागको, रुविना शर्माले नेपाली भाषा कक्षा र उपाध्यक्ष तीर्थराज धमलाले स्थानीय संघसंस्था सम्वन्धि प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा संघका समाचारहरु नियमित प्रकाशन गरे वाफत चारदिशाका सम्पादक प्रकाशक ओम शर्मा, घटना र बिचारका युरोप प्रतिनिधि सनत आचार्यलाई प्रंशसा एवंम् सम्मान गरिएको थियो ।
त्यस्तै कलाकार नरेन्द्र थापा र प्रवासमा नेपाली गीत संगीतको प्रबर्धन र गायनमा सहयोग पुर्याउनु भएकोमा बलराम पुन र समिति भित्र उत्कृष्ठ कार्य बाफत कार्य समिति सदस्य रुविना शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तीर्थराज धमलाले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिब रमेश कँडेले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.