भारतको अग्निपथ योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

0

काठमाडौं : परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ ।

बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आसन्न निर्वाचनपछि आउने नयाँ सरकारले मात्र अग्निपथका बारेमा निर्णय गर्ने बताइन् ।

उनले यस विषयमा तत्काल वार्ता र छलफल अगाडि नबढ्ने स्पष्ट पारिन् । प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको बताइन् ।

भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेको छ । तर नेपालले यसबारे निर्णय गरेको छैन ।

भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपालले अग्निपथका बारेमा छिट्टै निर्णय नलिए भारतीय सेनामा गोर्खा सैनिक भर्ती समेत रद्द गरिने बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.