काठमाडौं महानगरभित्र असोज १ गतेबाट सार्वजनिक ठाउँमा धुम्रपान निषेध, अटेरी गरे कारबाही

0

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज एक गतेदेखि धुम्रपान निषेध गरेको छ ।

महानगरपालिकाले आज सूचना निकालेर असोज एकगतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.