काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

0

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे तीन बजेतिर पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।

राति सुतिरेहका बेला एक्कासी पहिरो खसेर घर पुरिदा उनीहरुको मृत्यु भएको हो ।

चलाल रोडाढुंगा उद्योगका कारण पनि घरमाथि पहिरो गएको स्थानीयले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.