चिनियाँ नेता लीद्वारा ओली, प्रचण्ड र तिमिल्सिनासँग छुट्टाछुट्टै भेटवार्ता

0

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् ।

नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले उनीहरुसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि मंगलबार बिहान चान्सुले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए ।

नेपाल आएलगत्तै सोमबार साँझ चान्सुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए । सभामुख सापकोटाको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

Leave A Reply

Your email address will not be published.