डा. केसीले २०औं पटक अनसन बस्नपर्नु लज्जाको विषय : बाबुराम

0

काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २०औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।

डा.केसीले २०औं अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् । 

‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन् । 

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार धनगढीमा गई २०औं अनसन सुरु गरेका हुन् । 

‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा संचालन नगर्ने किन ? वेलैमा सोचौं,’ डा. भट्टराईले भनेका छन् । 

Leave A Reply

Your email address will not be published.