चिनियाँ सभामुख ली काठमाडौंमा, बीआरआई समेटेर ६ बुँदे समझदारी

0

काठमाडौं : चिनियाँ सभामुख ली चान्सु चारदिने भ्रमणका क्रममा काठमाडौंमा छन् । सभामुख अग्नि प्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा आइतकार चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरे । 

उनको बस्ने व्यवस्था होटल सोल्टी गरिएको छ । भ्रमण तालिका सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट गरिसकेका छन् । द्विपक्षीय भेटघाटका क्रममा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने लगायतका विषयमा हस्ताक्षर भएको छ । सोमबार नै सभामुख सापकोटाले समकक्षी लीका लागि होटल सोल्टीमै रात्रिभोजको आयोजना गरे । 

मंगलबार ली ले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गर्ने छन् । संसद भवनमा नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ । मंगलबार नै ली ले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्का भेट्नेछन् ।

नेपाल भ्रमणका क्रममा चिनियाँ सभामुख ली को बुधबार भक्तपुरको अवालोकन गर्ने कार्यतालिका छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने र अन्तिममा फेरि समकक्षी सापकोटा भेटेर भेटघाट सकाउने उनको कार्यतालिका छन् । चिनियाँ सभामुख ली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्नछन् । 

सरोकारवालाहरुले चिनियाँ सभामुख ली को चार दिने भ्रमणलाई महतोका साथ लिएका छन् । अझ नेपाल हुँदै उनी दक्षिण कोरिया प्रस्थान गर्दैछन् । सरोकारवालाहरु चिनियाँ सभामुख ली ले नेपालबाट भ्रमण सुरु गरेर अन्य मुलुकमा निस्कनुलाई कुटनीतिक रुपमा महत्वपुर्ण भएको उल्लेख गर्छन् । 

विश्वमा उदयमान शक्तिका रुपमा उदाएको चीन र पश्चिमा मुलुकहरुबीच ब्यापारिक, सामरिक र विज्ञानमा लगायतका विषयमा प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा अन्य मुलुकलाई आफ्नो पक्षमा पार्ने प्रयासमा दुबै मुलुक छन् । नेपालले चीन र अमेरिका दुबै मुलुकको पक्ष र विपक्षमा नखुलेर तटस्थता अपनाउँदै आएको छ । नेपाललाई आफ्नो कित्तामा पार्ने ठूला मुलुकहरुको चाहनामा नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । असंलग्न नीतिमा रहेको नेपाललाई सोही रुपमा आफ्नो पक्षतिर ढल्काउने प्रयास पनि शक्ति राष्ट्रहरुका बीचमा रहेको सरोकारवालाहरु बताउँछन् ।

बीआरआई समेटेर ६ बुँदे समझदारी 

नेपालको संघीय संसद र चीनको राष्ट्रिय जन कांग्रेसबीच बीआरआई समेत समेटेर ६ बुँदे समझदारी भएको छ । नेपालको चार दिने भ्रमणमा आएका चिनियाँ सभामुख ली चान्सु र प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । अधिकारीहरुका अनुसार दुई देशबीच संसदीयस्तरमा सम्बन्धलाई विस्तार र प्रगाढ बनाउने सम्बन्धमा भएको सहमतिलाई समझदारीपत्रको रुप दिइएको हो । 

३ पृष्ठको समझदारीपत्रमा संसदीयस्तरमा सम्बन्ध अभिबृद्धिका साथै संसदीय अनुभव आदानप्रदान र दुई देशका संसदीय मैत्री समूह बीचमा भ्रमण आदानप्रदान गर्ने विषयमा जोड दिइएको छ । दुबै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षिय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु¥याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने पनि उल्लेख छ । 

दुबै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिका बीच उच्च स्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिने, दुबै पक्षले संसदीय मैत्री समूहहरुलाई उनीहरूको संलग्नता अभिबृद्धि गर्न प्रोत्साहन गर्ने र साथ दिने तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवर्द्धन गर्न सक्रिय भूमिका निवार्ह गर्न प्रोत्साहन गर्ने समझदारी छ ।

Leave A Reply

Your email address will not be published.