मेरो उम्मेदवारी सुशासन र हिन्दु राष्ट्रका लागी-अर्जुन शाह…

0

कोहलपुर
भाद्र २७

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभा सदस्यको निर्वाचनमा बाके क्षेत्र नम्बर  १ (ख) बाट प्रत्यक्ष तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट अर्जुन जंग शाहलाई उम्मेदवारी छनोट गरेको  छ।

राप्रपा कोहलपुर नगरका नगर अध्यक्ष समेत रहेका शाह क्षमतावान, निडर र साहसी युवा नेताका रुपमा चिनिन्छन । पछिल्लो समय युवाहरु माझ लोकप्रिय बन्दै गएका शाह संगठन बिस्तारमा होस, विभिन्न आन्दोलनको अगुवा समेत गरिरहेका छ्न।

शाह भन्छन ब्यक्ति र पार्टी भन्दा ठूलो देश हो! एकपटक माटोलाई छोएर, देशको सच्चा सपूत भएर आम जनताले फेरि एकपटक सोच्नु पर्ने दिन आएको छ र अहिलेको नेतृत्वले विभिन्न राष्ट्रघाती काम समेत गरेको हुनले देशले फेरि राप्रपाको नेतृत्व र राजा खोजेको अनुभुती समेत रहेको बताएका छन।

सम्पुर्ण राष्टवादीहरु एकजुट हुनको साथै बाके १ (ख) का शिक्षित मतदाताहरुले आफुलाइ सहयोग गर्न समेत आह्वान गरेका छन। केही समय पछि हुने प्रदेश सभाका चुनावमा निर्वाचित भएर प्रदेश (ख) र जिल्लाको सेवा गर्ने उनको चाहना छ ।

Leave A Reply

Your email address will not be published.