बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ मा हुने

0

एजेन्सी : बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार आउँदो हप्ताको सोमबार अर्थात सेप्टेम्बर १९ मा हुने भएको छ ।

वेस्टमिनिस्टर एबीमा अन्तिम संस्कार समारोह अर्थात फ्युनेरल हुने जानकारी बेलायतले दिएको हो ।

त्यसअघि चार दिन उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने तय भएको छ । सोमबार अर्थात सेप्टेम्बर १२ देखि उनलाई २४ घण्टासम्म सेन्ट गिल्स काथड्रल एडिबर्गमा राखिने छ । त्यहाँ सर्वसाधारणले उनलाई श्रद्धाञ्जली दिन सक्ने छन् ।

सेप्टेम्बर १९ मा हुने ‘फ्युनेरल’मा उनको परिवारका सदस्य, राजनीतिज्ञ र विश्वका विभिन्न देशका नेताहरु सहभागी हुने छन् ।

महारानी एलिजाबेथको अन्तिम यात्रा सेप्टेम्बर १८ मै शुरु हुनेछ । त्यसदिन ओकको कफिनमा उनको पार्थिव शरीर राखिने छ ।

यसैबीच बेलायती राजकुमार विलियम र उनकी श्रीमती केट प्रिन्स एण्ड प्रिन्सेज अफ वेल्स घोषित भएका छन् । साथै उनीहरूलाई ड्युक एण्ड डचेज अफ कर्नवालको उपाधि पनि दिइएको छ ।

महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा घोषिण भएका चाल्र्स तृतीयले हिजो गद्दी आरोहण गरेपछि युवराज र युवराज्ञी घोषणा गरेका हुन ।

यस्तै, राजकुमार ह्यारी र मेघन द ड्युक एण्ड डचेज अफ ससेक्सका सन्तान पनि राजकुमार–राजकुमारी बनेका छन् ।

अब यी दम्पत्तीका छोरा आर्चीलाई राजकुमार आर्ची र छोरी लिलिबेटलाई राजकुमारी लिलिबेटका रूपमा सम्बोधन गरिने छ । जो राजगद्दीको वरीयता क्रममा छैटौँ र सातौँ स्थानमा रहने छन् ।

उनीहरू वरीयता क्रममा राजकुमार विलियम र उनका तीन सन्तान तथा पिता राजकुमार ह्यारीभन्दा पछि छन् ।

एलिजाबेथ द्वितीयको बिहीबार अपराहन्न ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको स्मृतिमा बेलायत तथा उनी राष्ट्रप्रमुख रहेका देश र विश्वका विभिन्न क्षेत्रमा शोक घोषणा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.