दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढी, एक दर्जन बढी घर बगायो

0

काठमाडौं : दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढीले एक दर्जन बढी घरहरू बगाएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले घरहरु बगाएको हो ।

यस्तै बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । 

हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । हाल पानी पर्न रोकिएकाले उद्धार कार्य जारी रहेको छ । 

घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । 

नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.