एनआरएनए जापानको नबगठित कार्यसमितिको सपथग्रहण र बरबुझारथ सम्पन्न,

0

गैर आबासीय नेपालि सङ्घ जापानको नबगठित कार्यसमितिको सपथग्रहण सम्पन्न भ​एकोछ । गत बर्ष भ​एको एनसिसि जापानको निर्बाचनमा अनियमितता भ​एको भनेर आईसिसिमा उजुरि परेको र आईसिसिले बनाएको छानबिन समितिले पनि सो को पुष्टि गरे पछि उक्त निर्बाचन रद्द भ​एको थियो । निर्बाचनको बिषयलाई लिएर एनआर एनए जापानमा भ​एको बिबादका कारण दुइवटा समितिले समानान्तर गतिबिधि गरि रहेका थिए ।

आइसिसिले एनआरएनएका पुर्ब अध्यक्ष भबन भट्टलाई त्यहाको बिबाद समाधनको जिम्मा दिएको थियो । सोहि अनुसार भट्टको सक्रियतामा जापान स्थित समाजिक अगुवा एबम एनआरएनएका अभियन्ताहरु सहितको भेलाले सङ्गठनलाई २९ जुलाई २०२१ को अबस्थामा फर्काएर त्यस पछिका कमिकमजोरिलाई सच्याउदै, शिब पौडेलको अध्यक्षतामा नया कार्यसमिति गठन गरिएकोछ र समितिको सम्रक्षक अनिता गुरुङ रहनु भ​एकोछ ।

त्यसैगरी अनिता गुरुङ समूहमा रहनुभएका अन्य व्यक्तिहरुलाई आवस्यकता अनुशार सल्लाहकार एवं विभिन्न विभागहरुमा चयन गर्ने रएनआरएन जापानको आगामी २०२३-२०२५ कार्यकालको लागी निष्पक्ष, धाँधली रहित निर्वाचन सम्पन्न गर्न अधिकार सम्पन्न अनुगमन समिति, निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति लगायत अन्य आवश्यक समितिहरु गठन गर्ने सहमति भ​एको थियो ।


सहमति अनुसार निर्बाचन पुर्ब कार्यबाहक अध्यक्ष अनीता गुरुङ्गको जिम्मामा भएको सन्स्थाको आर्थिक हिसाब पनि पुर्ब अध्यक्ष भट्ट मार्फत नया समितिलाई हस्तान्तरण गरिने भ​एकोछ । सन २०२१ मा अधिवेशन पछि बांकी रहेको रकम जम्मा जापानी येन २ करोड ५४ लाख मध्ये अफिस भाडा खर्च र अध्यक्ष मण्डललाई छानबिन समितिको खर्च तिर्न दिईएको रकम कटाएर बांकी रहेको २ करोड ३५ लाख ६६ हजार ५० येन लगायतका खाता पाता २०१९-२१ कार्य समितिकी कोषाध्यक्ष कालिका थापाले नबगठित कार्यसमितिका अध्यक्ष शिब पौडेलको रोहबरमा संरक्षक भबन भट्टलाइ बुझाइन्। उक्त रकम शुक्रबार नै एनआरएनए जापानको कार्यसमितिलाइ हस्तान्तरण गरिने भबन भट्टले जनाएका छन्।

साथै गैरआवासीय नेपाली संघको भावना अनुरुप सहमतिको आधारमा संस्था संचालन गर्ने र संरक्षक, सल्लाहकार तथा विभिन्न समितिहरुमा मनोयन गर्नका लागि ओम गुरुङको संयोजकत्व , शिब प्रसाद पौडेल र अनिता गुरुङ को ३ सदस्यीय समिति गठन पनि गठन गरिएकोछ ।


एनआरएनए जापानको बिबाद समाधान भ​एर एकता कायम हुदा त्यहाको नेपालि समुदायले राहतको महशुस गरेकोछ । आगामि दिनमा सबैलाई समेटेर एनआरएनएका गतिबिधि हुने बिस्वास गरिएकोछ ।

बिबाद समाधानका लागि भट्ट सङ्गै उपाध्यक्ष महेश श्रेष्ठ , सचिब ओम गुरुङ्ग , एसिया सन्योजक डिपि कन्डेल, दिपक कन्डेल, बलराम श्रेष्ठ लगायतका एनआरएनकर्मिहरुको सन्योजन र अध्यक्षहरु कुल आचार्य , रबिना थापा , बद्रि केसीले समन्वय गर्नु भ​एको थियो ।

Leave A Reply

Your email address will not be published.