बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक मनाइने

0

काठमाडौं : बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति नेपालले तीन दिन शोक मनाउने भएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

सरकारले दुःखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.