नेपाली सेना र नेपाल प्रहरीलाई १० दिनभित्र कर तिर्न महानगरको पत्र

0

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरी लगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन निर्देशन दिएको छ । बिहीबार पत्र पठाउँदै तोकिएको मितिमा कर तिर्न निर्देशन दिएको हो ।

महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकामा हालसम्म पनि कर नबुझाएकाले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गई कर र जरिवाना तिर्न पत्रमार्फत ताकेता गरिएको छ । 

काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहाल कर तिर्न पत्राचार गरेको छ ।

कर नतिरे महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

Leave A Reply

Your email address will not be published.