सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

0

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

नाबालिग बलात्कारको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले जानकारी दिएका छन् ।

एक किशोरीले उनीविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी समेत जारी गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.