सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

0

काठमाडौं : जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले बलात्कार आरोप अस्वीकार गर्दै कानूनी सहायताका लागि अनुरोध गरेका छन् ।

Leave A Reply

Your email address will not be published.