समानुपातिकतर्फको मतपत्र छपाइ शुरु

0

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ बुधबारदेखि शुरू गरेको छ ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नमुना मतपत्र छपाइ थालिएको हो ।

कार्यतालिका अनुसार भदौ २० गतेदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरू गर्ने रहे पनि राप्रपा नेपालको चुनाव चिह्न विवाद टुंगो लागेपछि बुधबारदेखि मतपत्र छपाइ थालिएको हो ।

आयोगका अनुसार आजसम्म प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ हुनेछ ।

पहिलो चरणमा निर्वाचन शिक्षा कार्यक्रमका लागि आवश्यक करिब ६ लाख मतपत्र छापिने बताइएको छ ।

आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्दै छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५०३ प्रकारका करिब ८ करोड मतपत्र छापिनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ चार करोड र प्रत्यक्षतर्फ चार करोड मतपत्र छापिने भएको हो ।

Leave A Reply

Your email address will not be published.