पूर्वी खार्किभका रुस नियन्त्रित क्षेत्र फिर्ता गर्न युक्रेन सफल

0

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गरेका छन् ।

एक भिडियो सन्देश जारी गर्दै उनले पूर्वी खार्किभ क्षेत्रमा युक्रेनी सेनाले सफलता हासिल गरेको जानकारी दिएका हुन् । उनले यसलाई सुखद समाचारको संज्ञा दिएका छन् । जेलेन्स्कीले कुन ठाउँहरू पुनः आफूले कब्जा गरेको भन्ने खुलाएका छैनन् ।

राष्ट्रपति जेलेन्स्कीले २७ अर्ब डलर भन्दा बढी देशको पैसा युद्धका क्रममा रक्षामा खर्च भएको जानकारी दिएका छन् । यसले आगामी आर्थिक वर्षलाई प्रभावित पारे पनि पेन्सन जस्ता मुख्य सामाजिक प्रावधानहरू कायम राखिने उनको भनाइ छ ।

युक्रेनी सेनाले पनि खार्किभ र डोनेट्स्क क्षेत्रमा रुसी सेनालाई हराएको जनाएको छ । अमेरिकाले पनि युक्रेनले रुसी सेनाहरू विरुद्ध विस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेको जनाएको छ ।

युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिण क्षेत्रमा सैन्य परिचालनको बन्दोबस्ती कडा पारेको छ ।

युक्रेनी सैनिकहरूले खार्किभको दक्षिण–पूर्वमा, डोनेस्कको पूर्वी क्षेत्रतर्फ रुसी सेनाविरुद्ध आक्रमण थालेको छ । ति क्षेत्र युद्ध सुरु भएदेखि नै रुसको नियन्त्रणमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.