सन्दीप लामिछानेमाथि बलात्कारको आरोप, पीडित किशोरीद्वारा प्रहरीमा उजुरी

0

काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ ।

काठमाडौंको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार साँझ काठमाडौं प्रहरीमा जाहेरी दिएकी हुन् । उनको उमेर १८ वर्षभन्दा कम रहेको प्रहरीले जनाएको छ ।

जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरू यसबारे औपचारिक रूपमा भने केही बोल्न चाहँदैनन् ।

प्रहरीका अनुसार गत ५ भदौमा काठमाडौंको एक होटेलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको पीडित किशोरीको दाबी छ ।

त्यस दिन दिउँसो आफू सन्दीपसँगै नगरकोट घुम्न गएको, तर त्यहाँ उनले केही नगरेको जाहेरीमा उल्लेख छ । घटनाको भोलिपल्ट छ भदौमा सन्दीप केन्या उडेका थिए ।

एक साथीमार्फत सन्दीपसँग चिनजान भएको ती किशोरीले प्रहरीलाई बताएकी छिन् । प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको भनिएको होटेलको प्रमाण संकलनको प्रक्रिया अघि बढाएको छ ।

क्रिकेटर सन्दीप हाल क्यारेबियन प्रिमियर लिग सिपिएल खेल्न वेस्टइन्डिजमा छन् ।

Leave A Reply

Your email address will not be published.