पल शाहलाई साढे २ वर्षको कैद सजाय

0

काठमाडौं : एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय सुनाएको छ ।

बुधवार यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

त्यस्तै, अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश जारी गरेको छ ।

गत फागुनमा नाबालिगका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा र फागुन १५ गते नवलपरासी प्रहरीमा जबर्जस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरेका थिए ।

Leave A Reply

Your email address will not be published.