बालिका बलात्कारी १० वर्षपछि पक्राउ

0

पाँचथर, ३० भदौ । जिल्ला अदालतबाट जबर्जस्तीकरणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । साबिक चोकमागु–३, हाल फिदिम नगरपालिका–१ का ३२ वर्षीय मणिराज भन्ने सनबहादुर नेपालीलाई प्रहरीले इलामको हर्कटेबाट १० वर्षपछि पक्राउ गरेको हो । उनीविरुद्ध २०६२ कात्तिक १३ गते १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतले दोषी ठह-याउँदै ५ वर्षको कैद सजाय सुनाएको थियो । उनलाई पुर्पक्षका लागि मङ्गलबारै जिल्ला कारागार चलान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.