एनआरएनए राहत कोषमा ईटालीवाट दुई कडोर, अध्यक्ष घलेद्वारा उच्च प्रशंसा

0

चारदिशा।

भुकम्प पिडितहरुको पुनर्स्थापना र राहतको लागि ईटालीवाट झण्डै दुई कडोर रुपैया  भन्दा वढी  प्राप्त भएको छ।  दुई चरणमा गरी प्राप्त भएको उक्त रकम  एन आरएनले अगाडि सारेको १००० घर निर्माण गर्न प्रयोग हुने अध्यक्ष शेष घलेले वताएका छन्।

12038108_1148652761829231_6354509740801153850_n

मंगलवार रोमको ईटालीमा   आयोजित भूकम्प पिडितहरुको राहत र पुनर्स्थापनामा  गैर आवासीय नेपालीहरुको भुमिका  विषयक अन्तर्क्रियात्मक कार्यक्रममा सहभागि हुन रोम आउनुभएका एनआरएनए केन्द्रीय अध्यक्ष शेष घलेलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

ईटालीस्थित विभिन्न नेपाली सामाजिक संस्थाहरु, गैर आवासीय नेपाली संघ, अवैतनिक दुत पाओलो नुगारी तथा अन्य ईटालियन संस्थाहरुको सक्रियतामा संकलन गरिएको रकम एनआरएनएलाई हस्तान्तरण गरिएको हो। भुकम्प पिडितको राहतको लागि नेपाली समाज रोम, नेपाली समाज पिसा, नेपाली समाज भारजे, नेपाली एसोसिएसन भेनिस र नेपाल मितेरी मन्च मिलानले विभिन्न कार्यक्रमहरुको आयोजना गरि उक्त रकम संकलन गरेका थिए।

12033715_1148655061829001_445183455_n

ईटालिका लागि नेपाली अवैनतिक दुत पाउलो नुगारीको संयोजन र सक्रियतामा नेपालप्रति सहानुभूति राख्नुहुने ईटालियन नागरीकहरुले सहभागितामा उक्त रकम संकलन गरिएको थियो।

अन्तर्कियात्मक कार्यक्रममा भाग लिँदै अध्यक्ष घलेले भुकम्म पिडितहरुको पुनर्स्थापनामा सहयोग गर्नुभएकोमा आभार व्यक्त गर्नुभयो।  राहत संकलनमा योगदान पुर्याउनुहुने व्यक्ति तथा सामाजिक संस्थाहरुलाई अध्यक्ष घलेले प्रशंसापत्र वितरण गर्नुभएको थियो।

यूरोप क्षेत्रवाट नै एनआरएनए राहत कोषमा उपलव्ध भएको  रकममध्ये यो रकम उल्लेख्य हो।संकलित दुई कडोर मध्ये एक कडोर भन्दा वढि रकम यसअघि नै एनआरए खातामा जन्म भैसकेको छ।

घलेको उपस्थिति ईटालियनवासी नेपालीहरुको लागि अर्थपूर्ण

शान्त र मृदुभाषि अध्यष घलेको सम्वोधनले ईटालीवासी नेपालीहरुलाई थप उर्जाशील वनाएको छ। आफ्नो सम्वोधनले अध्यक्ष घलेले भूकम्म पिडित क्षेत्रको हालको अवस्था, आवश्यकता र आगामी कार्ययोजनाको वारेमा जानकारि  गराउनुभएको थियो। घलेको सम्वोधनलाई कार्यक्रममा उपस्थित नेपालीहरुले जोडदार तालिले  समर्थन जनाएका थिए।

अन्तरक्रियात्कम कार्यक्रममा वोल्दै एनआरएनए यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठले राहत संकलनमा ईटालिमा सक्रिय नेपाली संस्थाहरुले पुर्याएको योगदनाको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा पनि एनआरएन र अन्य संस्थाहरुविच समन्वयका साथ अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा ईटालीका लागि अवैतनिक दुत पाओलो नुगारी, एनआरएनए जर्मनिका आइसीसी सदस्य दाव गेल्जु शेर्पा, नेपाली समाज रोमका अध्यक्ष देवराज गुरुङ, भेनिस समाजका अध्यक्ष अम वहादुर पुन लगायतले आफ्ना धारणा राखेका थिए ।

उक्त अन्तरक्रियात्मक कार्यक्रम एनआरएनए ईटालीका अध्यक्ष क्षेत्रकुमार श्रेष्ठको शभापतित्वमा सम्पन्न भएको थियो।

 

Leave A Reply

Your email address will not be published.