मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि

0

काठमाडौं : मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु महामारीकै कारण स्वास्थ्य संकटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य मन्त्रालय लागेको छ ।

जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेंगु पुष्टि भएको छ । ललितपुर र काठमाडौँमा सबैभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा आठ सय ८८, भक्तपुरमा ९९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेंगुले महामारीको रूप लिन थालेपछि डेंगु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा सरकार रहेको छ ।

अस्पतालका प्रमुख, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग छलफल गरेर संकटकाल लगाउने वा नलगाउने भन्ने विषयमा निष्कर्षमा पुग्ने तयारी छ ।

डेंगुको पहिलो चरण सतर्कता, दोस्रो अनियन्त्रित र तेस्रोमा महामारीको चरण हुने स्वास्थ्यकर्मी बताउँछन् ।

Leave A Reply

Your email address will not be published.