संसदको कार्यकाल लम्ब्याउने विधेयक अघि नबढ्ने, कानून संशोधन प्रक्रिया रोक्न प्रधानमन्त्रीको निर्देशन

0

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसदमा दर्ता गरिएको विधेयक अघि नबढ्ने भएको छ । 

विधेयकप्रति आलोचना बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनमन्त्री गोविन्दप्रसाद शर्मालाई मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानून संशोधन प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानले विवाद बढाउने भन्दै विधेयक अघि नबढाउने सहमति भएको बताइएको छ । 

प्रधानमन्त्री देउवाले कानूनमन्त्री शर्मालाई बोलाएर विधेयक अघि नबढाउने निर्देशन दिएका छन् । 

नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ताअघि सांसद पदमुक्त हुनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ । 

त्यही कारण प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म रहने आयोगको भनाइ छ । 

तर सरकारले कानून संशोधनमार्फत त्यसपछि पनि सांसदको पद कायम गर्न खोजेपछि त्यसको सर्वत्र आलोचना भएको थियो ।

Leave A Reply

Your email address will not be published.