डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो, पेट्रोल र ग्यासको मूल्य यथावत

0

काठमाडौं : नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजनपछि पनि १५ दनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.