सरकारले होसियारी अपनाएकाले अर्थतन्त्र श्रीलंकाको बाटोमा गएन : अर्थमन्त्री शर्मा

0

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले होसियारीपूर्वक लिएका नीतिकै कारण नेपाल श्रीलंकाको बाटोमा जान रोकिएको बताएका हुन् । 

उनले अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको र आगामी दिनमा थप सकारात्मक बन्ने दाबी समेत गरे ।

अर्थमन्त्री शर्माले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीलाई आह्वान समेत गरे । 

गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.