भागबण्डा टुंग्याउन सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा

0

काठमाडौं : सत्ता गठबन्धनमा आवद्ध दलले आज चुनावी भागबण्डाका विषयमा पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन् ।

पार्टीहरु बैठकपछि कार्यदल तथा शीर्ष नेताको बैठकबाट सिट बाँडफाँट टुंगो लगाउने सहमति गठबन्धनको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार ११ घण्टासम्म गठबन्धन बैठक भएपनि निस्कर्ष निस्कन सकेको थिएन ।

एक सय सिट दाबी गरेको कांग्रेस ९० सिटसम्म लचक देखिएको छ ।

अन्य दलले भने प्रतिनिधि सभाका १ सय ६५ मध्ये आधा कांग्रेस र बाँकी अन्य दलविच बाँडफाँट हुनुपर्ने बताउदै आएका छन् ।

प्रतिनिधि सभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० क्षेत्रबारे एक–एक गरेर त्यहाँ कुन दलले कति मत ल्याएको छ भनेर गठबन्धन कार्यदलले अध्ययन प्रतिवेदन तयार पारेको छ ।

Leave A Reply

Your email address will not be published.