माओवादीले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रिय सदस्य पठाउने

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । 

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौं भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो । 

बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।

यसैगरी,  बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने निर्णयसमेत बैठकले गरेको छ ।

Leave A Reply

Your email address will not be published.