बोलेको रकमले पोलेको बेल्जियमको नेपाली समुदायलाई यसरि राहत होला कि !

0

चारदिशा सम्पादकीय ,

सन २०११ मा बेल्जियमको नेपाली समुदायले सामुदायिक भबन निर्माण गर्ने हेतुले श्रीमद भागवत महायज्ञ लगायो। राधाकृष्ण अधिकारीको जयतु संस्कृतम संस्थाले सुरुमा हिन्दु मन्दिर बनाउने उद्यस्यले गर्न खोजेको महायज्ञलाई समुदायका सबैलाई अपनतत्व हुने र ब्रिहत्तर सामाजिक सान्स्क्रितिक गतिबिधि गर्न सकिने गरि नेपाल हाउस बनाउने परियोजनामा रुपान्तरण गरियो ।

एनआरएनए लगायत सबै जसो बेल्जियममा क्रियाशिल संधसंस्थाहरुको सामुहिक अभियानका रुपमा नेपाल हाउस परियोजनालाई अगाडी बढाउने सहमति भएर सोहि अनुसार बिभिन्न संघसंस्थाहरुले महायज्ञमा पन्डित दिनबन्धु अर्यालको मन्त्रोच्चारण सहित आफ्नो संस्थाको तर्फबाट दान दिने सन्कल्प गरे।

दान कबोल गर्नेहरुलाई सम्मान गरियो, भजन किर्तन गर्दै नचाईयो। हातमा तिल जौ लिएर यज्ञमा प्राण प्रतिष्ठा गरिएका भगवान र उपस्थित भक्तजनलाई साक्षि राखेर सर्बजन हिताय बन्ने सामुदायिक भबन ( जसलाई मन्दिर, गुम्बा लगायतको रुपमा पनि प्रयोग हुने गरि ) बनाउन, दिन्छु भनेको दान दिन नपाउदा दान बोल्नेहरुलाई ठुलो ग्लानि महशुस भएकोछ भने बेल्जियमको नेपाली समुदायको अन्तरराष्ट्रिय बदनामि पनि भएकोछ। समाजिक सन्स्थाको नेत्रित्व गर्नेहरुलाई खिसिट्युरि गर्नु पर्यो भने नेपाल हाउस परियोजना उदाहरण बन्ने गरेकोछ। सोहि घटना पछि बेल्जियमको नेपाली समुदाय सक्षम हुदाहुदै र आबस्यक हुदाहुदै पनि कसैले नेपाल हाउस बनाउने साहास जुटाउन सकेनन।

१२ बर्ष पछि गैर आबासीय नेपाली संध बेल्जियमले खोलो फर्काउने प्रयत्न सुरु गरेकोछ । एनआरएनए बेल्जियम सामाजिक र गैर नाफामुलक अर्गनाईजेसन भएको र नेपाल हाउस जस्तो ्ठुलो रकमको परियोजना एक्लै पुरा गर्न तत्काललाई सम्भब नहुने देखिएकोले ब्यबसायिक मोडेलबाट अगाडि बढाउन खोजिएकोछ।

अब ब्यबसायिक रुपमा बन्ने भवनमा १२ बर्ष अघि बाचा गरेको दान रकम पनि मिसाउन सकिन्छ कि भनेर बहस हुनु पर्ने देखिन्छ। यदि त्यतिबेला बोलिएको दान रकमको केहि अंश मात्र पनि कुनै नेपाली समुदायको लागि ्प्रयोग हुने भबनलाई दिन पाए कमसेकम एउ्टा धार्मिक अनुष्ठानमा बाचा गरेर दान नदिएको पापबाट मुक्ति पाईयोस भन्ने धेरैको मनसाय रहेको पाईयो,

दाताहरुको मनको शान्ती र समुदायको पनि आबस्यक्ता पुरा गर्नका लागि, एनआरएनए बेल्जियमको बर्तमान कार्यसमितिको अग्रसरतामा लुभेनमा प्रस्ताबित भबनलाई नेपालहाउसको रुपमा अगाडी बढाउदा हाम्रो हातबाट फुत्कि सकेको अबसरलाई सदुपयोग गर्न सकिने सम्भाबना देखिएकोले बहस र छलफलको लागी अग्रसरता देखाउन आबस्यक देखिएकोछ ।

२५ हजार युरो बराबरको एक सेयर कायम गर्ने र सोहि अनुसार लगानि आह्वान गर्ने तयारि प्रमोटरहरुको छ । त्यसमा एनआरएनए बेल्जियमलाई पनि शेयरहोल्डरको रुपमा सहभागि बनाउन हिजो दान बोलेका दातालाई एनआरएनएले अनुरोध गरेर सकेको सहयोग गर्नुस भनेर फन्ड तयार गर्न सकिन्छ । भित्र ब्याबसायिक कम्पनिको स्वामित्व भ​ए पनि एनआरएनएको नेपाल हाउस भनेर सो भबन चिनिनेछ ।

करिब तीन दशकबाट सुरु भ​एर सात हजार नेपालीहरुको बसोबास भ​एको देशमा एउटा पनि सामुदायिक भबन नहुनु अरुका लागि हामी बिचको एक्यबद्धता कमजोर देखिनु हो । स्थानीय सरकारसङ्ग नेपाली समुदायको समन्वयमा कमजोरि एकातिर देखिएको छ भने क्षमता भ​एर पनि त्यसलाई समुदायको हितका लागि प्रयोग गर्न हामी असफल रहेको अर्का तिर देखिन्छ ।

समुदायका अग्रजहरुले यो कमजोरिलाई बुझ्न सक्नु पर्छ र लामो बाटोको चित्र मात्र कोर्नु भन्दा गोरेटोमै भए पनि एक कदम अगाडि चाल्नु बुद्धिमानि ठहरिनेछ ; नेपाल हाउसको सन्धर्भमा अहिले केहि ब्याबसायिक र केहि सामाजिक भाबनाले अगाडि बढाउन खोजिएको भबनलाई प्रबासका नेपालीहरुको साझा संस्था एनआरएनए बेल्जियमको पनि बनाउन त्यो बेला सोहि उद्यस्यका लागी दान बोलेका दाताहरुलाई सम्झनु स्वाभाबिक र परिणाममुखि हुन्छ । चल्तिको नेपाली उखान ‘साप पनि मर्ने लठ्ठि पनि नभाचिने’ चरितार्थ हुने गरि अभियान चलाउन सबैले एकजुट भएर प्रयास ्किन नगर्ने !

प्रस्ताबित नेपाल हाउस सम्बन्धि बिस्त्रित जानकारि तलको लिन्कमा छ ,

https://www.nepalhousebelgium.com/

Leave A Reply

Your email address will not be published.