मौलिकतामा सजक हौ

0

दिपक न्यौपाने, बेल्जियम,

समय सापेक्ष आफ्नो चाड पर्ब मनाउने चलनले गर्दा आपसी मतमतान्तर भुली नयाँ भावनाको विकास गराउदछ I हाम्रा चाडपर्ब कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तब्य हुन आउछ I चाडपर्ब मनाउदा सुधार योग्य परिबर्तन बाहेकका हाम्रा मौलिकता हराउनु भने हुदैन I आजकल हाम्रा पर्बहरुको बहानामा फजुल खर्च र देखासिकीले हाम्रो परम्परागत चाडपर्बलाई हलुका र भड्किलो बनाउदै गएको्छ I समय सापेक्ष परिबर्तन योग्य कुरामा हामी अगाडी बढ्नु पर्दछ र हाम्रो नयाँ पुस्तामा हाम्रा रितिरिवाज चाड पर्बको हस्तान्तरण गर्नु पर्दछ I तर हाम्रो भाषा संस्कृति र मौलिकता नै मासिने गरि सामाजिक संजालमा क्षणिक भाइरल हुने बहानामा गरिने देखावटी तडक भडक र त्यसको सिको गर्ने प्रबित्तिले भने हाम्रा मौलिक कला र संस्कृतिको बिरुद्दमा प्रहार गरि रहेका छन I यस प्रर्ती हामी सबै सचेत हुनु जरुरी छ I

हामी हाम्रो भूबनोट एबं खुला सिमाना र छिमेकी देशको भाषा र मौलिक कला संस्कृतिमाथि आक्रमणको शिकार हुदैछौ I हाम्रो भाषा माथिको प्रहारमा रेडियो, टेलिभिजन, फिल्मको र त्यसमा सुनाइने देखाइने बिज्ञापन प्रभाब दिनहु बढिरहेकोछ I हाम्रा नयाँ अथवा नाम चलेका कलाकार समेत सामाजिक संजालमा भाइरल हुने बहानामा प्रत्यक्ष्य अप्रत्यक्छ्य यसमा संलग्न हुनु अथवा सचेत हुन नसक्नु चिन्ताको बिषय हो I अनि त्यसको देखासिकी गरि हामी पनि त्यसको शिकार बन्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह हो I
बिदेशमा एकातिर हाम्रा पौराणिक साहित्य र धार्मिक ग्रन्थहरुमा सहज पहुच छैन भने हामिले जानेको बुझेको परम्परा्लाई पनि पश्चिमाहरुको अनुरुप बनाउन थाले बर्णसंकर ( ठिमाहा ) संस्कारको जन्म हुन्छ र हामि न यताको न उताको हुन्छौ। आफ्नो पहिचानको लागि आफ्नो मौलिकता पनि कायम राख्न हामिले बिबेक पुर्याउन जरुरिछ।
हामी प्रबासमा बस्ने नेपालीहरुलाई त हाम्रा रिति रिवाज हाम्रो दोश्रो पुस्तामा हस्तारणको लागि चुनौती नै बन्दै गएको छ I एकातिर अभिभावकको व्यस्त जीवन अर्को तिर विदेशको परिवेशमा हुर्कदै गरेको पुस्तालाई समेत हाम्रो भाषा कला संस्कृतिको हस्तान्तरणमा निभाउनु पर्ने भूमिका र कर्तब्य पुरा गर्नु पर्नेछ I हामी हाम्रा बच्चालाई समेत दोहोरो परिवेशमा हुर्काउदै गर्दा उनीहरुलाई पनि मानसिक असर नहुने गरि हाम्रा मौलिक कला संस्कृतिको बारेमा जानकारी सहित चाड पर्ब मान्ने बसालौं , I चाड पर्ब देखासिकी भड्किलो र उत्ताउलो नबनाऊ I हाम्रा चाड पर्बमा मौलिकतामा टेकेर मनाउने गरौ I

(न्यौपाने गैरआबासीय नेपाली संध युरोपका युबा उपसंयोजक हुन)

Leave A Reply

Your email address will not be published.