ओलीको संयोजकत्वमा ४५१ सदस्यीय एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

0

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा चार सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ ।

परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन गरिएको छ ।

बैठकले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर विजय हासिल गर्ने अठोटका साथ निर्वाचनमा होमिने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.