राष्ट्रियसभाले नागरिकता विधेयक विधायन समितिमा पठायो

0

काठमाडौं : प्रतिनिधिसभाबाट हुबहु पारित भएको नागरिकता विधेयक राष्ट्रियसभाले विधयान व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई आइतबार राष्ट्रियसभाले छलफलका लागि विधायन समितिमा पठाएको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिले पठाएको नागरिकतासम्बन्धी सन्देश सभासमक्ष जानकारी गराएका थिए ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित पुन: संसदमै फिर्ता पठाएकी थिइन् ।

गत भदौ २ मा नागरिकता विधेयक हुबहु पुन: पारित भएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गते बस्ने गरी स्थगित भएको छ । 

Leave A Reply

Your email address will not be published.