ग्रेस इन्टरनेशनलको आयोजनामा ‘अस्ट्रेलियन इडीयू फेयर २०२२’ हुँदै

0

काठमाडौं : ग्रेस इन्टरनेशनल एजुकेसनले ‘अस्ट्रेलियन इडीयू फेयर २०२२’ आयोजना गर्ने भएको छ । 

विगत १५ वर्षदेखि विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेशनलले अस्ट्रेलिया अध्ययन विशेष शैक्षिक मेला आयोजना गर्न लागेको हो ।

अस्ट्रेलिया अध्ययन विशेष शैक्षिक मेला भदौ १९ गते काठमाडौँको द होटल एभरेस्ट, नयाँ बानेश्वरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। 

शैक्षिक मेलाले अस्ट्रेलिया अध्ययनमा जान चाहने विद्यार्थीलाई त्यहाँको भौतिक शैक्षिक वातावरण, पछिल्लो समय भिसा पोलिसिमा भएका परिवर्तन, छात्रवृत्ति, बसोवास, अध्ययनपछि अवसरका बारेमा जानकारी दिने ग्रेस इन्टरनेशनलका निर्देशक एन्ड्रियु पौडेलले बताए ।

उनले भने, ‘मेलामा २५ वटा भन्दा बढी अस्ट्रेलियाका शिक्षणसंस्थाका प्रतिनिधीले शैक्षिक प्रणालीको बारेमा जानकारी दिन्छन् । विद्यार्थी एंव अभिभावकलाई अस्ट्रेलिया अध्ययनबारे सम्पूर्ण जानकारी दिन यस मेलाको आयोजना गरेका हौं ।’

अस्ट्रेलिया सरकारले दिने १५० भन्दा बढी विभिन्न शीर्षकका छात्रावृत्तिका बारेमा जानकारी गराउन र विश्वविद्यालयका प्रतिनिधीबाटै प्रत्यक्ष परामर्श प्रदान गर्न मेला आयोजना गरिएको उनको भनाइ छ ।

ग्रेस इन्टरनेशनलले देशभरका आफ्ना ९ वटा कार्यलयबाट विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । 

ग्रेस एजुकेशनको काठमाडौँको बानेश्वर र पुतलीसडक, काठमाडौंबाहिर गण्डकी प्रदेशको पोखरा, प्रदेश नं. १ को विराटनगर, दमक र बिर्तामोड, बागमती प्रदेशको हेटौँडा, चितवनको नारायणगढ र पर्सा  र लुम्बिनी प्रदेशको बुटवलमा कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । 

ग्रेसले नेपालबाहिर भारत, पाकिस्तान, केन्या र अस्ट्रेलियाका सात वटा राज्यमा आफ्नो कार्यालय स्थापना गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.