मेयर बालेन शाहले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर

0

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको बुद्धनगरमा रहेको अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएको छ ।

काठमाडौंका विभिन्न व्यापारिक कम्प्लेक्स तथा भवनहरुमा मापदण्ड र नक्सा विपरीत निर्माण गरिएका संरचना हटाउन शुरु गरेको महानगरले आज अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचनामा डोजर चलाएको हो ।

बिहीबार बिहान महानगरका प्रमुख बालेन्द्र शाह अवलोकनमा जाँदा अल्फाबिटाका सञ्चालक द्धिराज शर्मासँग चर्काचर्की भएको थियो ।

त्यसपछि प्रमुख बालेनले अनधिकृत संरचना तत्काल भत्काउन निर्देशन दिएका थिए ।

सञ्चालकले नक्साको विषयमा विवाद गरेपछि प्रमुख साह महानगरपालिकाबाट स्वीकृत कम्प्लेक्सको नक्सासहित डोजर लिएर त्यहाँ पुगेका हुन् ।

३५ दिने सूचना जारी गर्दा समेत अवैध संरचना नहटेपछि मेयर साहले स्थलगत रुपमा अनुगमन गरी नहटाएका संरचना हटाउने अभियान थालेको छ ।

त्यसक्रममा नयाँ बानेश्वर, सुन्धारा, न्यूरोड क्षेत्रका कम्प्लेक्समा निर्माण गरिएका अवैध संरचना निर्माण हटाइएको छ भने केही ठाउँमा हटाउने क्रम जारी छ ।

Leave A Reply

Your email address will not be published.