नेपालले आज केन्यासँग पहिलो टी-२० खेलमा प्रतिस्पर्धा गर्दै, सुखद शुरुवातको योजना

0

काठमाडौं : केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी–ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउसो पौने चार बजेर केन्याको सामना गर्नेछ ।

पाँच खेलको टी–ट्वान्टी सिरिका लागि केन्या पुगेको नेपाली टोली आज सुखद सुरुआतको योजनामा हुनेछ ।

नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका छन् ।

यसअघिको दुई भेटमा नेपालले केन्यालाई हराएको छ । यो खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो ।

पाँच खेलको सिरिज अन्तर्गत दोस्रो टी–ट्वान्टी भदौ १० गते , तेस्रो टी–ट्वान्टी भदौ १२ गते, चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

Leave A Reply

Your email address will not be published.