एमालेको केन्द्रीय समिति बैठक आजबाट

0

काठमाडौं : नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट शुरु हुँदै छ । 

आज र भोलि बस्ने केन्द्रीय समिति बैठकमा आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका विषयमा छलफल हुनेछ । 

केन्द्रीय समिति बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लक्षित राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । 

आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको प्रतिवेदन ओलीले पेश गर्न लागेका हुन् । 

त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । 

बिहीबार बसेको पोलिटब्यूरो सदस्यहरुले आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चिता तथा संविधानमा व्यवस्था भएको समानुपातिक सहभागीतालाई आधार बनाएर उम्मेद्वार बनाउन सुझाव दिएका छन् । 

पोटिलब्यूरोले प्रस्ताव गरेका मापदण्डलाई अन्तिम रुप भने केन्द्रीय समितिले दिनेछ ।

Leave A Reply

Your email address will not be published.