अवैध संरचना भत्काउने कार्यलाई महानगरले निरन्तरता दिँदै, आज कोटेश्वरमा अतिक्रमण हटाउने तयारी

0

काठमाडौं : काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिने भएको छ ।

महानगरपालिकाले आज काठमाण्डौको कोटेश्वरमा सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने तयारी गरेको छ ।

कोटेश्वरमा बुधबार महानगरको टोलीले अबैध रुपमा राखिएको संरचना हटाउन निर्देशन दिइसकेको छ । महानगरले सोमबारदेखि बानेश्वरबाट अवैध संरचना हटाउन शुरु गरेको हो ।

बुधबार न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो ।

काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहले अनधिकृत संरचनाहरु नबनाउन र बनाएका त्यस्ता संरचनाहरु आफैंले भत्काउन अनुरोध समेत गरेका छन् ।

अवैध संरचनाहरु भाडामा लगाउने काम नगर्न पनि महानगरले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.