गाडीमा ढुंगा हान्ने बन्दकर्तालाई स्थानीयले कुटे

0

काठमाडौं : काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेको आरोपमा एक जनालाई स्थानीयले कुटपिट गरेका छन् ।

मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत  रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । लगतै स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए ।

त्यस्तै ८ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको भञ्ज्याङ्म नजिकै राना छापमा भेटिएको शंकास्पद वस्तु पनि नेपाली सेनाले निष्कृय पारिसकेको छ ।

Leave A Reply

Your email address will not be published.