संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा टेबुल, प्रतिनिधिसभा बैठक एक साता स्थगित

0

काठमाडौं : बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेश्रो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा टेबुल गरिएको छ । 

आज बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले सो बिधेयक टेबुल गरेका हुन् । 

विधेयक प्रस्तुत गर्दै कानुनमन्त्री कोइरालाले माओवादीको सशस्त्र द्वन्द्वका क्रममा मारिएका परिवार र घाइतेलाई राहत प्रदान गर्नका साथै समाजमा मेलमिलाप कायम गर्न ल्याइएको बिधेयकलाई सरकारले अघि बढाउन लागेको जानकारी दिए ।

मन्त्री कोइरालाले द्वन्दपीडितलाई प्राथमिकतामा राखेर कानून बनाउन बिभिन्न सुझावहरु प्राप्त भएकाले आवश्यक सुझावहरुलाई समावेश गरेर संशोधन गर्न बिधेयक तयार गरिएको बताए । 

उनले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुराउनका लागि बिधेयकलाई सदनमा पेश गरिएको बताए । 

साथसाथै सशस्त्र द्वन्द्वलाई संविधानले समेत स्वीकार गरिसकेको पनि कानुनमन्त्री कोइरालाले बताए । 

त्यसअघि उक्त प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले गर्नुभएको विरोधको सुचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक भाद्र १३ गते बोलाइएको छ । 

प्रमुख प्रतिपक्ष एमालेले पार्टीको आन्तरिक छलफललाई कारण देखाउदै एक साता संसद बैठक स्थगित गर्न आग्रह गरेको थियो । 

सोही अनुसार अर्को बैठक एक सातापछिका लागि बोलाइएको हो ।

Leave A Reply

Your email address will not be published.