नेता गिरीको निधनमा राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरीको निधनमा शोक व्यक्त गरेकी छिन् ।

गिरीको निधनले सिद्धान्तनिष्ट बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन् ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’ टविट गर्दै उनले भनेकी छिन, ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

उपचारको क्रममा शनिबार राति प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.