५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा खोप दिइँदै

0

काठमाडौं : सरकारले दोस्रो चरणमा आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिन लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई पहिलो मात्रा दिन लागिएको हो । 

मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज एक गतेसम्म फाइजर खोपको दोस्रो मात्रा दिइनेछ । 

प्रदेश एकका भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर र प्रदेश दुईका बारा, रौतहट र सर्लाहीका बालबालिकालाई खोप दिन लागिएको हो । 

बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक त्यस्तै गण्डकीका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा र तनहुँमा खोप दिइँदै छ ।

लुम्बनीका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र रुकुम पूर्व साथै कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख र जाजरकोटमा खोप दिइँदै छ । 

सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकाले आजबाट खोप पाउने भएका छन् । 

बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ । यसअघि २७ जिल्लाका बालबालिकालाई सरकारले फाइजर खोप दिएको थियो ।

Leave A Reply

Your email address will not be published.