अफगानिस्तानको कावुलस्थित एक मस्जिदमा विस्फोट, ३५ जनाको मृत्यु

0

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको भयंकर विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

अस्पताल भर्ना गरिएकाहरुमा पाँच जना बालक समेत रहेका छन् । बुधबार साँझको प्रार्थना भइरहेको बेला काबुलको खैरखाना क्षेत्रमा रहेको अबुबकिर सेदिक मस्जिदमा शक्तिशाली विस्फोट भएको हो ।

गत वर्ष तालिवान सत्तामा आएपछि राजधानी काबुलमा भएको यो नै ठूलो विष्फोट हो । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

विस्फोटबाट मस्जिद आसपासका घरक झ्यालहरु समेत चर्किएको बताइएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । विस्फोटबाट नजिकैका भवन भत्किएको बताइएको छ ।

गत हप्ता काबुलमा भएको एक आक्रमणमा तालिबान समर्थक मौलाना शेख रहिमुल्ला हक्कानको मृत्यु भएको थियो ।

सो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो । अगस्ट आठमा काबुलको एक बजारमा भएको विष्फोटमा ८ जनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.