पोर्चुगलमा भित्रियो तीजको रौनक: नारी, महिला र चितवन समाजद्धारा छुट्टाछुट्टै कार्यक्रमको आयोजना,

0

छविलाल बगाले
लिस्वन ।

स्वदेश सँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । प्रवासमा रहेका नेपाली महिलाले तीज पर्व भव्य रुपमा मनाउने तयारी गरेका हुन् ।


रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिलाले आफ्नो समय अनुकूल तीज मनाउने गरेका छन् । तीज नजिकिएसँगै युरोपियन मुलुक पोर्चुगलमा बस्ने महिला पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै तयारीमा जुटेका छन् । पोर्चुगलमा नेपाली नारी समाज, नेपाली महिला समाज र चितवन समाजले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी तीज मनाउने तयारी गरेका छन् । उनिहरुले कार्यक्रम तय गरेसँगै तीजको रौनक पनि भित्रिएको छ ।


तीजको अवसर पारेर नेपाली महिला समाज पोर्चुगलले आगामी आइतबार अर्थात अगष्ट २१ तारिखका दिन ‘तीज विशेष’ कार्यक्रमको आयोजना गरेको छ । समाजकी अध्यक्ष माया खरेलका अनुसार कार्यक्रम मार्टिम मुनिजस्थित पार्कमा हुनेछ । कार्यक्रममा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने उनको भनाई छ । ‘हामी प्रवासमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्न चाहन्छौं ।’ उनले भनिन््, ‘तीज त हामै्र पर्व हो । त्यसैले धुमधामका साथ मनाउने तयारी गरेका छौं ।’ उनले कार्यक्रममा सहभागीका लागि सबैसमक्ष आग्रह पनि गरिन् ।

यस्तै, पोर्चुगलमा रहेको नेपाली नारी समाजले पनि तीजको अवसरमा कार्यक्रमको आयोजना गरेको छ । उसले विविध सांस्कृतिक कार्यक्रमका साथ तीज मनाइने जनाएको छ । समाजले आगामी २८ तारिख आइतबारका दिन कार्यक्रमको आयोजना गरेको हो । समाजकी महासचिव पुनम गौतमका अनुसार कार्यक्रम स्थान मार्टिम मुनिज पार्कमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा विविध कार्यक्रमको आयोजना गरिनेछ । उनले विगतका बर्षझैं यस बर्ष पनि कार्यक्रमको आयोजना गरेको बताइन् ।


उता चितवन समाजले पनि यसवर्ष तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । उसले आगामी २४ तारिख बुधबारका दिन तीज गीत प्रतियोगिताका साथै बिबिध सांस्कृतिक कार्यक्रमका साथ तीज मनाउने जनाएको छ । समाजका अध्यक्ष रवि अर्यालले प्रासा दि स्पान्हास्थित ‘ओक मुन्दो’ रेष्टुरेन्टमा कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार राष्ट्रिय कलाकारहरु भगवान भण्डारी, देविका केसी, जेबी ओली र शिव अखेलीले भरपूर मनोरञ्जन दिने बताए । प्रतियोगिता हुने भएकोले इच्छुक महिला दिदिबहिनीहरुले समुह बनाएर तीज गित प्रतियोगितामा सहभागी हुन समेत उनले आग्रह गरे ।

तीज गित प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समुहलाई पुरस्कार स्वरुप क्रमश: ३५०, २५० र १५० युरोको साथमा आकर्षक गिफ्ट उपलब्ध गराउने समाजले जनाएको छ । समुह दर्ता गर्दा ५० युरो बुझाउनु पर्नेछ । ‘प्रतियोगिताका लागि समुह दर्ता सुरु भएको छ ।’ उनले भने, ‘समयमा नै आफ्नो समुह दर्ता गराउनुहोला ।’


मौलिकता हराउँदै गएकोमा चिन्ता


हिन्दू महिलाहरूले हरितालिका तीज मनाउँदै गर्दा कतिपयले तीजको मौलिकता हराउँदै गएको भन्ने खालका चिन्ताहरू व्यक्त गरेका छन् । तीजलाई महिलाहरूले आफ्नो स्वतन्त्रता अभिव्यक्त गर्ने अवसरका रूपमा पनि लिएको बताइन्छ । यस दिन व्रत बसेर शिवको आराधना गर्नाले परिवारमा सुख र समृद्धि छाउने विश्वास गरिन्छ ।

Leave A Reply

Your email address will not be published.