दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

0

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनमा अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनामा अन्य गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर छ स्थित उल्लानीमा दुर्घटना भएको हो ।

दुर्घटनाको कारण खुलेको छैन । दुर्घटना भएको जीपमा १४ जना चढेको बताइएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो ।

Leave A Reply

Your email address will not be published.