माओवादीले बिहीबार पदाधिकारी टुंग्याउने

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । 

आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको हो । 

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बिहीबारको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने जानकारी दिए ।

केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रिय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीको नाम भोलीको स्थायी समितिले अन्तिम रुप दिने भएको हो । 

गत पुस १८ मा सम्पन्न भएको महाधिवेशनले दुई ३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो । 

केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय हुने भनिए पनि बाँकी सदस्यहरु मनोनयन हुन बाँकी छ । 

यस्तो पोलिटव्युरो, स्थायी कमिटी र पदाधिकारी समेत अहिलेसम्म मनोनयन हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.