भारतमाथि फिफाको प्रतिबन्ध

0

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ ।

भारतीय फुटबल निकाय अल इन्डिया फुटबल फेडेरेसन ‘एआइएफएफ’ मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो ।

फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन ।

यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू–१७ महिला विश्वकप पनि सर्ने भएको छ ।

गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

त्यसपछि फिफाको टोलीले एआईएफएफलाई विधान जुलाइको अन्त्यसम्ममा परिमार्जन गर्न र सेप्टेम्बर १५ सम्ममा चुनाव गरिसक्न निर्देशन दिएको थियो ।

तर सो अनुसार चुनाव नभएको फिफाले जनाएको छ । फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि विधान विपरित कार्य हुँदै आएको थियो ।

फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान राखेको छ ।

फिफाका अनुसार अब एआइएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन शुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्नेछ ।

Leave A Reply

Your email address will not be published.