प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै

0

काठमाडौं : मंसिर चार हुने गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदैछ । 

आयोगले निर्माण गरेको कार्यतालिका अनुसार दल दर्ताको समय आज सकिन लागेको हो । आयोगले निर्वाचनका लागि साउन १९ गतेवाट दल दर्ता सुरु गरेको थियो । 

निर्वाचन कार्यतालिका अनुसार आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिन आयोगमा दल दर्ता खुला गरिएको हो । 

निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । सत्तारुढ नेपाली कांग्रेस लगायत दलले आज दल दर्ताको तयारी गरेका छन् । 

सोमबारसम्म संघ र प्रदेश निर्वाचनका लागि आयोगमा ६२ दल दर्ता भएका छन् । आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन् । 

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेश गर्नुपर्छ । 

मंसिर चार गते हुने निर्वाचनका लागि आयोगले कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.