रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते

0

रुपन्देही : रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् ।

ओमसतिया गाउँपालिका–४ वसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका– १ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार राति वसन्तपुर वडा कार्यालय अगाडि उक्त समूहले उनीमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा आएको तीन जनाको एक समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

गुरुङको बायाँ कोखामा गोली लागेको र उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोली प्रहार हुनुभन्दा आधा घण्टा अगाडि रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपासस्थित सिद्धार्थ कटेजमा एक समूहले सुनका गरगहना र नगदसमेत लुटेर भागेकोले सोही समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.