काठमाडौंको फोहोर व्यवस्थापनमा थप चुनौती

0

काठमाडौं : काठमाडौंको फोहोर व्यवस्थापनमा थप चुनौती थपिएको छ । 

सडकमा थुप्रिएको फोहोर आइतबारदेखि उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा भएको अवरोधले फोहर बोकेका गाडी ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् । 

बन्चरेडाँडामा एक्स्काभेटर नभइ फोहोर फाल्न नसक्ने अवस्था रहेको महानगरले जनाएको छ । 

धादिङको धुनिबेसी नगरपालिकाका सत्तारुढ दलहरुले फोहोर फाल्न नदिने घोषणा गरेपछि समस्या थप बल्झिएको छ । 

धुनिबेसी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य निकालेर बन्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका हुन् । 

उनीहरुले अहिलेसम्म १ सय ७४ वटा सहमति भए पनि कार्यान्वयन नभएको जनाएका छन् । 

उता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहर व्यवस्थापनमा असहयोग भएको भन्दै असन्तुष्टि जनाएका छन् । 

उनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गरेका छन् । 

बन्चरेडाँडामा भूमिहिन तथा संरचना निर्माणमा र प्रभावितले पाउने सुविधा तथा मुआब्जाजस्ता काममा पाँच अर्ब खर्च भइसकेको उनको भनाइ छ ।

No photo description available.
Leave A Reply

Your email address will not be published.